नियम २८
पुरस्कार तथा सम्मान
(१) मन्त्रालयले नियम २७ बमोजिम समितिले सिफारिस गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो वा चिकित्सक, व्यवस्थापक र सम्बन्धित खेल सङ्घलाई पुरस्कार दिन र सम्मान पत्र प्रदान गर्नको लागि त्यस्तो खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो वा चिकित्सक, व्यवस्थापक र सम्बन्धित खेल सङ्घको सूची तयार गरी स्वीकृतिको: लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌ समक्ष पेश गर्नु पर्नेछ।

(२) नेपाल सरकार, मन्त्रिपरिषद्ले उपनियम (१) बमोजिम पेश हुन आएको सूचीउपर आवश्यक अध्ययन गर्दा उपयुक्त देखिएमा त्यस्तो सूचीमा नाम समावेश भएका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो वा चिकित्सक, व्यवस्थापक र सम्बन्धित खेल सङ्घलाई पुरस्कार तथा सम्मान गर्नको लागि स्वीकृति दिन सक्नेछ।

(३) नेपाल सरकार, मन्त्रिपरिषद्बाट उपनियम (२) बमोजिम स्वीरकति प्राप्त भएपछि मन्त्रालयले स्वीकत सचीमा नाम समावेश भएका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो वा चिकित्सक, व्यवस्थापक र सम्बन्धित खेल सङ्घलाई औपचारिक कार्यक्रमको आयोजना गरी अनुसूची-४ बमोजिमको पुरस्कार रकम र सम्मानपत्रले सम्मान गर्नेछ।

(४) नेपाल सरकारले ओलम्पिक प्रतियोगितामा कुनै पदक, एसियन खेलकुद प्रतियोगितामा कम्तीमा एउटा स्वर्ण पदक वा अन्य कुनै दुईवटा पदक वा दक्षिण एसियाली खेलकुद प्रतियोगिताको अफिसियल खेलमा कम्तीमा तीन वटा स्वर्ण पदक प्राप्त गरेका खेलाडीलाई निजहरुको जीवनभर एक पटकको लागि आवास: सुविधा बापत एकमुष्ट पच्चीस लाख रुपैयाँ प्रदान गर्न/सक्नेछ ।

(५) यंस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि छ वा सो भन्दा बढी देशको सहभागिता भएको प्रतियोगितामा स्वर्ण, रजत वा कास्य पदक प्राप्त गर्नेलाई वा पदक प्रदान नगरिने खेलमा प्रथम, द्वितीय वा तृतीय स्थान हासिल गर्नेलाई चार वा पाँच देशको सहभागिता भएको प्रतियोगितामा स्वर्ण वा रजत पदक प्राप्त गर्नेलाई वा पदक प्रदान नगरिने खेलमा प्रथम वा द्वितीय स्थान हासिल गर्नेलाई तथा तीन देशको सहभागिता भएको प्रतियोगिताको हकमा स्वर्ण पदक प्राप्त गर्ने वा पदक प्रदान नगरिने खेलमा प्रथम स्थान हासिल गर्नेलाई मात्र सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।

(७) उपनियम (३) बमोजिम पुरस्कार प्रदान गरिने प्रतियोगिताको व्यक्तिगत प्रतिस्पर्धामा पदक प्राप्त गर्ने वा पदक प्रदान नगरिने खेलमा प्रथम, द्वितीय वा तृतीय स्थान हासिल गर्ने प्रशिक्षक र सहायक प्रशिक्षक दुवै समावेश भएमा प्रशिक्षकको लागि अनुसूची-४ मा उल्लेख गरिएको पुरस्कार रकमलाई साठी चालिस अनुपात (६०:४०) मा विभाजन गरी हुन आउने रकम पुरस्कारको रुपमा-प्रदान गरिनेछ।

(८) नेपाल सरकार वा परिषद्बाट राष्ट्रियस्तरमा औपचारिक रुपमा आयोजना -गरिएका राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने वा पदक प्रदान नगरिने खेलमा प्रथम, द्वितीय वा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई समिति तथा मन्त्रालयको सिफारिसमा नेपाल सरकारले पुरस्कार र सम्मानपत्र प्रदान गर्नेछ।नेछ।